नमस्कार सबै जनामा बर्तमान अवस्थालाई नियालेर हेर्दा हामी बर्दिबास बासी अति नै खुसी छौ किनकी हाम्रो नयाँ जनप्रतिनिधिहरु निर्बाचित भएका छन ।
सर्ब प्रथम नव निर्बाचित आदरणीय मेयर प्रहलाद कुमार क्षेत्री, उपमेयर आदरणीय तारा देवी महतो, १४ वटा वडाको प्रमुख लगायत सदस्यहरुलाई मेरो तर्फबाट हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना छ ।

साथै तपाईंहरु मध्ये कोई काङ्ग्रेस, कोई एमाले, कोई माओबादी, कोइ लो.स.पा र कोई स्वतन्त्रबाट निर्बाचित हुनुभएको छ तर अब मेयर, उपमेयर पूरा बर्दिबासको मेयर हुनु भएको छ । वडा अध्यक्ष र सद्स्य पूरा वडाको हुनु भएको छ सर्ब प्रथम यो कुरा बुझ्नु जरुरी छ । र अर्को कुरा हार जित, दुख सुख जीवन को एक अभिन्न अङ्ग हो यो दुबै पक्षलाई स्वीकार गरि आफ्नो लक्ष्य मा दृढता पुर्बक अगाडि बढ्नु पर्छ र कुनै पनि समय र परिस्थितिमा मनोबल घटाउनु हुदैन अझ थप लगनशील भएर काम गर्नु पर्ने हुन्छ र धैर्यता , आत्मबल राख्नु जरुरी हुन्छ त्यसो भएको हुनाले पराजित भएका उम्मेदवार ज्यु हरुले पनि अब आउने दिनमा हाथमा हाथ मिलाई बर्दिबासको बिकासको निमित्त अगाडि बढनु पर्ने आवश्यक छ। बर्दिबासको हरेक वडा लाई सब्बल बनाउनको लागि मैले अध्यन गरे अनुसार निम्न कुराहरु मा कदम चाल्यो भने बर्दिबासलाई बिकासमा थप सहयोग मिल्ने छ भने मलाई लागेको छ।

१. सर्ब प्रथम मेयर , उपमेयरले हरेक वडामा वडा अध्यक्ष सङ्ग सहकार्य गरि त्यहा अवलोकन गर्ने त्यो वडाको प्रमुख समस्याहरु के छन , आम जनता लाई सरकार बाट के सुबिधा बाट बन्चित छन र उनीहरुलाई आवश्यक के कुरा छ र त्यो वडाको भौगोलिक अवस्था केकस्तो छ समस्या के छ र यसलाई निराकरण कसरी गर्ने भनी बिषयमा छलफल गर्नुपर्छ।

२. जुन ठाउँमा खानेपानी को अभाव छ त्यहा छिटोभन्दा छिटो त्यस्को समाधान गर्नु पर्यो ताकी जनता लाई सास्ती खेपनु नपरौस किनकी यस न.पा. बैशाख ,ज्येष्ठ तिर पानीको अति नै हाहाकार हुन्छ र किसान ले खानेपानी को अभावमा दिन बिताउन बाध्य हुन्छ भने खेतीपाती कसरी गर्छ । अर्को कुरा बर्दिबासमा मुलतः बढिमा किसान बर्गभएको ले खेतीपाती गर्न किसान हरुलाई सिचाइको ब्यवस्थापन गर्ने , उचित मुल्यमा मलखाध , बीउ बिजन उपलब्ध गर्नु जरुरी छ।

३. स्वास्थ अति नै संबेदनसिल भएकोले हरेक वडामा स्वास्थ चौकी भएपनि र बर्दिबासमा अस्पताल भएपनी कर्मचारी हरुको लापरबाही , औषधिको अभाव , आवश्यक उपकरणको अभाव र जनता लाई सेवा प्रभावमा कठिनाइ हुने भएकोले यो विषयमा कडा भन्दा कडा कदम चाल्नु पर्छ।

४. शिक्षा बिनाको जिबन कुनै पनि मानिस ले कल्पना पनि गर्न सक्दैन तर अहिले को परिस्थितिमा बिधालय लाई राजनीतिलय बनाई किसानको बालबालिकाको जीवन अन्धकार बन्दै गइरहेको छ त्यसैले शिक्षा क्षेत्रमा दक्ष जनशक्ति राखी नगर को सम्पुर्ण बिधालय लाई ब्यबस्थित र अनुशासन रहित बनाउनु जरुरी देखिएको छ र राजनीतिकरण मुक्त गर्नु अपरिहार्य छ।

५. यश महोत्तरी जिल्लाको उत्तरि भेगमा हाम्रो बर्दिबास नगरपालिका रहेको छ र बढी खोला नालाले गर्दा स्थानीय बासी त्रशीत छन। खासगरी मनहरीपुर ,किसान नगर , पशुपतिनगर र प्रेमनगर यी गाउँ हरु एकदम जोखिम परिस्थितिमा रहेको छ किनकी बर्षा याममा रातोखोलाको बाढीले हरेक बर्ष खेती योग्य जग्गा कटान गर्ने , बस्तीमा खोलाको पानी गैइ डुबानमा पर्ने कुरा सर्बबिदितै छ यहि ठाँउबाट कैयो पटक मन्त्री बने, सान्सद बने चुनाव भन्दा पहिले बाचा गर्ने र जितेर गएपछि ती समस्या हरु जस्ता को त्यस्तै रहेको छ त्यसकारण अब यो रातु खोला लाई परिपक्व ढङ्गले तटबन्ध गर्नु अवस्था छ हैन भने केही बर्षपछि पशुपतिनगरको उठिबास नै हुने जस्तो लागिरहेको छ।

६. यश बर्दिबास स्थित विभिन्न ठाउँमा अबैध क्रसर हरु संचालनमा रहेको छ त्यसलाई नियन्त्रण मा ल्यानु जरुरी देखिएको छ । चुरे बिनास र पर्यावरण मा भैइरहेको क्षती लाई गम्भीरता पुर्बक लिनु पर्छ किनकी क्रसर हरुले गर्दा हाम्रो स्थानीय भौगोलिक सुन्दरता र बताबरणमा ठुलो ह्रास आइरहेको छ।

७. केही बर्ष देखि हाम्रो यस बर्दिबासमा लागुपदार्थ जन्य बस्तुहरु , हातहतियार को ओसारपसार को हटस्पट बन्दै गइरहेको छ जो कि हाम्रो ठाउँको लागि ठूलो घातक हो साथै यहाको युवा बर्गको लागि निक्कै नै हानिकारक हुन्छ भबिस्य अन्योलमा पर्छ र यसलाई बेलैमा उचित शक्त कदम चाल्नु पर्छ हैन भने पछि यस्ले उग्र र गलत रुप लिन सक्छ।

८. आउने दिनमा बर्दिबास नेपालकै नमुना शहर को रुपमा बिकशित हुँदै गर्दा यहा जग्गाको मुल्य दिन प्रती दिन बढीरहेको कारण जग्गाको लेनदेनमा पनि तीव्रता आइरहेको छ जसमा धेरै मात्रामा भु माफिया हरु सकृय छन र त्यसकारणले सर्बसाधरण जनताको जग्गामा भु माफिया हरुले लाखौं लुटिरहेको छन यसलाई नियन्त्रण गर्नु जरुरी छ।

९.बर्दिबास शहरलाई थप ब्यबस्थित र सुरक्षीत बनाउन सब भन्दा पहिले चौक एरियामा बाटो राम्रो हुनुपर्छ र गाडी पार्किङको ब्यबस्थापन गर्नु एकदम आवश्यक छ किनकी अव्यवस्थित गाडीहरू राखेको कारण भिडभाड हुने ,ट्राफिकको समस्या हुने र दुर्घटनाको बड्ने सम्भावना देखिएको छ।

१०. यश बर्दिबासको प्रख्यात रहेको माइस्थान मन्दिर लाई थप ब्यबस्थित र सरसफाइ मा ध्यानाकर्षण गरि कार्य अगाडि बढायो भने पर्यटन प्रबर्द्धन मा पनि बिकास हुनेछ । साथै यहाको जनघन्त्व लाई मध्य नजर गर्दा , बढ्दो शहरीकरण ले गर्दा र भौगोलिक क्षेत्रमा थप प्रभावकारी को निमित्त बर्दिबासमा एउटा बसपार्क राख्नु अपरिहार्य छ।

११. बर्दिबास लाई नमुना शहरको रुपमा बिकास गर्नुको निमित्त वडा न.१ , १४ र २ गरि तीन वडाको एरिया भित्रमा फोहर ब्यबस्थापन मा बिशेष ध्यान दिई बर्दिबासाई लाई निट एन्ड क्लिन गर्नु पर्ने आवश्यक देखीएको छ। साथै बाटोको छेउ छेउमा सानो सानो बिरुवा लगाई ग्रीन सिटि बनाउदा झन राम्रो हुन्छ।

१२. यहाँको प्राय जनताहरु खेतीपातीमा आश्रति भएकोले उनीहरुले उब्जाएको अन्नबाली , हरियो साग सब्जी लाई बेचबिखन गर्नलाई सहज हौस भनी बजार ब्यबस्थापन गर्नु जरुरी छ साथै यश न.पा को किसाननगर,पशुपति नगर ,प्रेमनगर र अन्य भित्र ठाउँको जनता लाई बर्षायाममा बर्दिबास आउनु परे रातु खोलामा आउने बाढीको कारण घुमेर धनुषाको बडहरी ,लालगढ हुँदै बर्दिबास आउने बाध्यता छ त्यसकारण हनुमान चोक देखि पुर्बको रातु खोलामा पुलको एकदम जरुरी देखिएको छ र पुल निर्माणका लागि सम्बन्धित निकाय सङ्ग पहल गर्न मेरो विनम्र अनुरोध छ।

१३. यहाँ मात्रै न भैइ नेपाल भरी नै बढ्दो बेरोजगारीको समस्याले गर्दा आफ्नो परिवारको जिबिको पार्जनको निमित्त बाध्यता बस हाम्रो दाजुभाइ , दिदिबहिनी हरुलाई बिदेशीनु परेको छ। यी समस्या लाई मध्य नजर गरि हरेक वडाको युवाहरुलाई र दिदिबहिनी हरुलाई शिपमुलक तालिम दिई रोजगार सिर्जना गर्नु आवश्यक छ।

१४. अशिक्षा ,समाजिक , राजनीतिक र अन्य अन्य समस्याहरु ले गर्दा गाउँ ठाउँमा जनताहरुको बिच आपसी सदभाव बिग्रीने, एक आपसमा मतान्त्रन हुने यी याबत समस्याहरु लाई निराकरण गर्न जनचेतनामूलक नाटक हरुको ब्यबस्थापन गरि हरेक वडामा प्रदर्सन गरे झन राम्रो हुन्छ साथै वडा प्रमुख , उपमेयर र मेयर ज्यु समय समयमा जन्ताको बिच गैई , जनसम्पर्क रहि त्यहाँका अवस्था हरुको बारेमा जानकारी लि राख्नु पर्छ जस्ले गर्दा आम जन्तालाई आफ्नो प्रतिनिधि वा अभिभावक को आभास हौस।

अन्तमा सम्पूर्ण नव निर्बाचित सद्स्य , वडा अध्यक्ष , नगर उपप्रमुख , नगर प्रमुख ज्यु सङ्ग मेरो विनम्र अनुरोध छ की हजुर हरु एक साथभैइ हाम्रो बर्दिबासको निम्ति यस्तो काम गर्नुस कि यो ५ पाच बर्षको कार्यकाल सकेपछि पनि पुन हजुर हरुलाई नै निर्बाचित गरून् । साथै पुनः सफल कार्यकाल को मंगलमय शुभकामना ब्यक्त गर्दछु।


२०७९ जेष्ठ १२, बिहीबार २०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय