महोत्तरी :  बर्दिवास नगरपालिकाले गर्भवती महिलाहरुको हकमा एक हजार रुपैयाँ थप गरि वितरण गर्ने भएको छ।

बिहीबार पदभार ग्रहण गर्दै नगरप्रमुख प्रल्हाद क्षेत्रीले अब बर्दिवास नगरभरिमा गर्भवती महिलालाई २ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने भएका छन्।

नगरभरिका गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँच गरि आमा बच्चा दुबैको स्वास्थ्य सुरक्षामा प्रभावकारीता ल्याउने उद्देश्यले नगरले एक हजार रुपैयाँ थप गरिएको मेयर प्रलाद कुमार क्षेत्रीले जानकारी दिए।

मेयर क्षेत्रीले भने, ‘यसले पालिकाभरिका महिलालाई स्थानीय स्वास्थ्य संस्थामा प्रसूति गराउनका लागि अभिप्रेरित हुनेछ। यसभन्दा अगाडि रकमकै अभावमा सर्वसाधारणहरु प्रसूति सेवा घरमै गराउनुपर्ने बाध्यता रहेको थियो। अब अस्पतालमा जानु परे नगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछ।’

नगरभरिमा स्वास्थ्य बिमालाई थप प्रभावकारिता बनाउने मेयर क्षेत्रीले बताएका छन्। उनले भने, ‘गरिब तथा विपन्न परिवारको हकमा वडाबाट सिफारिस लिएर आयो भने नगरले नि:शुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाउनेछ।’

नेपाल सरकारले यसअघि तराईको जिल्लाहरुमा १ हजार यतायात खर्च गर्भवती महिलाहरुका लागि उपलब्ध गराउँदै आएको थियो।

२०७९ जेष्ठ १२, बिहीबार २१:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय