
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन्। बिहीबार राति सम्पन्न मत परिणाम अनुसार बालेन २३ हजार ४ सय २६ मतान्तरले जित निकाल्दै मेयर बनेका हुन्।
बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे । ३८ हजार ३ सय ४१ ल्याएकी नेपाली कांग्रेसकी सिर्जना सिंह दाेस्राे स्थानमा रहँदा नेकपा एमालेका केशव स्थापित तेस्राे स्थानमा रहे। उनले ३८ हजार १ सय १७ मत प्राप्त गरे।
काठमाडौंको प्रमुखका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ५५ जना प्रतिस्पर्धामा थिए ।
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोल भारी मतअन्तरले विजयी भइन्। उनले ६८ हजार ६ सय १२ मत प्राप्त गर्दा उनका निटकटम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत मात्र प्राप्त गरे।
काठमाडाैं महानगरका ३२ वडामध्ये १९ वटा वडा कांग्रेसले जित्दा १२ वटा एमालेले जितेकाे छ। एउटामा वडा एकीकृत समाजवादी विजयी भएकाे छ।