काठमाडौं : निर्वाचित घोषणा भएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नुवाकोटको बन्चरेडाँडा पुगेका छन् ।

काठमाडौंको फोहोर ब्यवस्थापन हुँदै आएको नुवाकोटको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट अवलोकनका लागि शाह शुक्रबार त्यहाँ पुगेका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन ठूलो मुद्दा बन्दै आएको छ ।

चुनावका बीचमा बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंको फोहोर उठ्न सकेको थिएन । प्रहरी लगाएर केही दिन अगाडि फोहोर बन्चरेडाँडा पुर्‍याइएको थियो । मेयर शाहले फोहोर व्यवस्थापनबारे स्थानीयका समस्याबारे बुझ्न बन्चरेडाँडा पुगेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मात्रै उनलाई काठमाडौैंको मेयरमा निर्वाचित भएको घोषणा गरेको थियो ।

२०७९ जेष्ठ १४, शनिबार ०८:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय