काठमाडौं : सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ।

राष्ट्रपति विद्या देवी भण्डारीबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम शनिबार बसेको संसद बैठकले बहुमतका साथ पारित गरेको हो।

सभामुख अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रमलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृति भएपछि पारित भएको घोषणा गरे।

त्यसअघि सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि प्रस्तुत भएका संशोधन प्रस्तावमाथि निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।

२०७९ जेष्ठ १४, शनिबार २०:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय