महोत्तरी : नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाको ३१ औं जिल्लासभा सम्पन्न भएको छ । मुलुकमा गणतन्त्र स्थापनाको १५ औं वर्षगाँठको अवसर पारेर रेडक्रस महोत्तरी शाखाले आज आइतबार ३१ औं जिल्लासभा सम्पन्न गरेको हो ।

जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु एबम् जिल्लाका २१ उपशाखा र एक सहयोग समितिबाट तीन/तीन प्रतिनिधि सम्मिलित जिल्लासभाको उद्घाटन जेष्ठ प्रतिनिधि बर्दिबास शाखाका सदस्य भक्तप्रसाद भण्डारीले गर्नुभयो ।

सम्पन्न सभाले रेडक्रस महोत्तरीको आर्थिक, साँगठनिक र सामाजिक गतिविधि समेटिएको शाखाका मन्त्री अमरनाथ कुँवरले प्रस्तुत गर्नुभएको प्रतिवेदन गहन छलफल गर्दै पारित गरेको छ । सम्पन्न सभाले विपदमा परेकाहरुको उद्धार कार्यमा अझ सुदृढ रुपले लाग्न र सदस्यता बढाउने योजना पारित गरेको छ ।

रेडक्रस महोत्तरीमा हाल आजिवन र साधारण गरी एक हजार ५०० को हाराहारीमा सदस्य छन् । सबै उपशाखाहरुलाई आआफ्ना आर्थिक तथा सांगठनिक प्रतिवेदन यथासक्य चाँडै जिल्ला शाखालाई बुझाउन सम्पन्न सभाले निर्देश गरेको छ ।

जिल्ला सभा रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रको अध्यक्षता र जेष्ठ सदस्य भक्तप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

२०७९ जेष्ठ १५, आईतवार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय