काठमाडौं : अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा तामाङ धरौटीमा रिहा भएका छन् ।

चौतर्फी रुपमा दबाब सिर्जना भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिएको हो । प्रशासनको आदेशमा बौद्ध भिक्षु तामाङलाई धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आइतवार फिल्म ‘कबड्डी ४’ हेरेर फर्किएका दर्शकहरुसँग काठमाडौंको सिभिल मलमा सेल्फी खिच्ने क्रममा बौद्ध भिक्षु तामाङले पिठ्यूमा गलत नियतले छोएको भन्दै मिरुनाले गालामा थप्पड हानेकी थिइन् । त्यहीँ तामाङले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी समेत मागेका थिए । तर, पछि मिरुनाले तामाङलाई प्रहरीको जिम्मा लगाइन् । आइतवारदेखि उनी प्रहरी हिरासतमा थिए ।

मिरुनाले फुर्वालाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि बौद्ध धर्मालम्बीहरुले मंगलवार चाबहिलस्थित केएल टावरको अगाडि ‘कबड्डी ४’को पोस्टर जलाउँदै प्रदर्शन गरे । हलमा टाँगिएको फिल्मको पोस्टर समेत च्यातेका थिए । मिरुनाले सार्वजनिक रुपमा फुर्वासँग माफी माग्नुपर्ने माग गर्दै केही तामाङ युवाहरुले चलचित्र विकास बोर्डमा पनि प्रदर्शन गरेका छन् ।


२०७९ जेष्ठ १७, मंगलवार २०:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु