
बर्दिबास : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत नब निर्बाचित मेयर प्रहलाद कुमार क्षेत्री बिच भेटबार्ता भएको छ ।
बुधबार मुख्य मन्त्री राउतको निवासमा मेयर क्षेत्रीले भेट बार्ता गर्नु भएको हो ।
उक्त भेटबार्तामा मुख्य मन्त्री राउले नब निर्वाचीत मेयर प्रहलाद कुमार क्षेत्री र उप प्रमुख तारा कुमारी महतोलाई बधाई संगसंगै सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
भेटमा मुख्य मन्त्री राउतले बर्दिबास सहर अति सुन्दर शान्त र पर्यावरणको हिसाबले भरिपुर्ण रहेका हुनाले अबको झन सुन्दर र मधेस प्रदेशकै नमूना सहरको रुपमा यो नेतृत्वले सफल बनाउनु पर्ने भन्दै सुझाव दिनुभयो ।
बर्दिबास नगरलाई हामी प्रदेशको तर्फबाट अब कुनै किसिमको भेदभाव नहुने र हामी सबै मिलेर बर्दिबासको बिकासमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै मेयर क्षेत्रीलाई ध्यानाकर्षण गराए ।