बारा : बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभादेवी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घरमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटर चलाएर पानी थाप्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

२०७९ जेष्ठ २०, शुक्रबार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय