काठमाडौं : काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेदेखि नै निकै ट्याक्टिल र इन्टिलक्च्युयल जवाफ र भिजन आम जनतालाई बाड्दै आउनुभएका बालेन (बालेन्द्र) साह मेयरमा निर्वाचित भएपछि पनि एक्सनमा त्यस्तै कटिबद्ध र प्रतिबद्ध भएर लागेको देखिन्छ ।

बालेन साहले पहिलो निर्णय नै कार्यपालिका बैठक लाईभ गर्ने बबताउनुभएको थियो । लाईभ भयो ।

उहाँले लाईभमा जनताको पक्षमा को उभिन्छ, को खुट्टा तान्छन् भन्ने देखिने भएकाले ठेगान लगाउने विधि नै लाईभ भएको बताउँदै आउनुभएको थियो ।

नभन्दै बैठकमा समेत केही वडाध्यक्षहरुले अवरोध गरको देखियो । वाडाअध्यक्षहरुको जनस्तरमा सर्वत्र विरोध भइरहेको छ ।

जस्तोसुकै कठिन प्रश्न र परिस्थितीको सामना गर्न सक्ने बालेनले अब चाहि दिमाग घुमाउन थालेको देखिन्छ । बालेनले सर्प पनि मर्ने र लौरो पनि नभाच्चिनेगरी ट्रिक लगाएको स्रोतले खुलाएको छ ।

मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्बिर बाहिरियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह अन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उहाँको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उहाँले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो ।

प्राय भेटवार्ता हुँदा सबैलाई पहिले नै जानकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो । दुवै पक्षले यो कतै नखुलाउँने भनिएको थियो ।

तर वडाअध्यक्षहरुको पारो तातेको देखेपछि बालेन पक्षले उक्त तस्विर बाहिर ल्यायो । ओलीसँग भेटेको खबर बाहिर आएपछि बालेनलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भेट्नपनि सहज भयो । सारै वुद्धी पुर्याएर बालेनले यी दुवै नेतालाई भेटेको देखिन्छ ।

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता र कार्यकर्ताले बालेनको बालकोट यात्रालाई ‘शुभ संकेत’ को रुपमा अर्थ लगाउँदै बाधई एवं शुभकामना दिन थाले । एमाले कित्ताका वडाअध्यक्षहरुपनि एकाएक बालेनसँग लपक्कै भए ।

काठमाडौं महानगरको कार्यपालिकामा बहुमत रहेको दलका सभापति प्रधानमन्त्रीसँग बालेनले काम गर्न सहयोग माग्दै हाक्काहक्की कुरा गर्नुभयो । देउवाले पनि पूर्ण रुपमा सहयोग हुने वचन दिनुभयो ।

यसले बालेनका समर्थकलाई केही राहत मिलेको छ । महानगरको प्रत्यक्ष प्रशारण भएको पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट विजयी वडा अध्यक्षले ‘बबाल’ गरेको र बालेनको काममा भाँजो हाल्न सक्ने उहाँका समर्थकको आक्रोशका बीच देउवाले राम्रो काममा सहयोग हुने वचन दिएपछि अब सहज हुने आँकलन गरिएको छ ।

बालेनले कुनै दल विशेषलाई नभएर स्वतन्त्र रुपमा विजयी भएका कारण सवैको हुन खोजेको र सवैलाई साथमा लिएर जान खोजेको सन्देश यी भेटवार्ताबाट दिएको देखिन्छ । उहाँले भन्दापनि यही भन्नुहुन्छ । कुनै दललाई फाइदा हुने काम गर्दिन म काठमाडौबासीलाई फाइदा हुने काम गर्छु ।

महानगरमा दिग्गज राजनीतिज्ञ र विश्लेषकलाई चक्मा दिँदै जित निकालेका उहाँले कच्चा राजनीतिक व्यवहान नगर्ने संकेत पछिल्ला ‘मुभ’ले देखाएको छ । नेतासँग भेट गर्ने र सहयोगको वचन लिने क्रम अझै चल्ने देखिन्छ ।

स्वतन्त्र रुपमा चुनाव जितेका उहाँले महानगरको नेतृत्वमा सहजसँग रहन र विकासका लागि दलहरुलाई समेत विश्वास लिन खोजिरहेको प्रष्ट छ । कतिपयले बालेन साहको ट्रिकका रूपमा पनि यसलाई व्यख्या गरेका छन् । वडाध्यक्षहरुलाई तिमीहरु किन फुर्ति गर्छौ मैले तिम्रा माथिल्ला कमाण्डरसँगै कुरागरिरहेको छु । म त्यही लेवलको हुँ भन्ने देखाउँन बालेनले बारम्बार यही गर्ने धेरैको अनुमान छ ।

२०७९ जेष्ठ २०, शुक्रबार ०७:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय