
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश परिवहन सञ्चालनमा ल्याउन सरकारसंग माग गरेका छन् ।
विहीबार प्रदेशसभा बैठकमा बोल्दै प्रदेश परिवहनलाई थन्कयाएर नराख्न उनले बताएका छन् । ‘राज्य व्यपारी होइन, लोक कल्यानकारी छ । लोक कल्यानकारी कामको लागि कुनै बेला राज्यलाई घाटा लाग्न सक्छ,’उनले भने,‘तर सरकार पछाडी हट्नु हुँदैनन् ।
परिवहन बस अविलम्ब सञ्चालन गर्नु पर्छ ।’ सरकारले कुनै बेला कर्मचारी र कार्यालयलाई जिम्मेवारी लगाउने गरेको कुराप्रति उनले आपत्ती जनाए । ‘यस्तो हुनु भएन् ।
प्रदेश परिवहन जनताको हितमा सञ्चालन हुनु पर्छ,’उनले भने,‘ जनताले प्रदेश सरकारको अनुभुती गर्न खोजेको छ । त्यो अनुभुती प्रत्येक सदरमुकाम जोड्ने सडक एर प्रदेश परिवहान बस सञ्चालन हुन्छ तब हुन्छ ।’ स्थायी सरकारको महशुश जनताले गर्न नपाएको उनले बताए ।
कामको हिसाबले जनता सन्तुष्ट हुने ठाउँ नरहेको उनको भनाई छ । सरकारको कार्यानव्यन र प्रभावकारी पक्ष निकै फितलो देखिएको उनले बताए । अध्यादेश ल्याएर पास गरिएको विश्वविद्यालयप्रति उनले आपत्ती जनाए ।
आयोग, प्रतिष्ठान र समिति कार्यकर्ता भर्ती केन्द्र बनेको उनले आरोपपनि लगाए । ‘सरकारलाई जुन गम्भिरता पुर्वक काम गर्नुपर्ने थियो । त्यसरी भएन्,’उनले भने,‘संकल्प प्रसातव पारित गर्यो अव प्रदेश प्रहरी ऐन कार्यानव्यनमा के अड्चन आयो । माथी तल त अब उही दलको सरकार छ ।’ प्रादेशिक बहु वर्षिय योजना अलपत्र र सर्सत अनुदानको विषयमा सरकारसंग उनले जवाफ मागेका थिए ।