gas-nepalgas

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण व्यक्ति पहिचान गरेर राहत दिइने र व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै बिक्री गर्ने तयारी गरिएको थानीले जानकारी दिनुभयो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एलपी ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी एवं व्यापारिक प्रयोगका लागि अलगअलग मूल्य कायम गर्ने घोषणा गरेको छ ।

यसअघि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले ग्यासमा घरायसी प्रयोजनका लागि रातो र व्यापारिक प्रयोजनका लागि नीलो सिलिन्डर लागू गर्ने निर्णय गरे पनि यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

२०७९ जेष्ठ २१, शनिबार १३:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय