
काठमाडौं : यतिबेला सामाजिक सञ्जालमा एक युवती खुबै भाइरल भएकी छिन् । भाइरल हुनुको कारण झनै रोचक छ ।
ती केटीले एकै ठाउँमा ६ टिन्डर डेट (केटाहरु) बोलाइन् ।
केटीले केटाहरुलाई जन्मदिनको अवसरमा आउँ भन्दै झुट बोलिन् । वास्तवमा त्यो मितिमा उनको जन्मदिन थिएन् ।
स्वीडेनकी १९ वर्षीया फ्यानी ब्लूमले ६ केटाहरुलाई एक ठाउँमा निम्तो गरिन् । उनी यो नक्कली जन्मदिनको पार्टीबाट जान्न चाहन्थिन् कि ती ६ जनामध्ये सबैभन्दा राम्रो को छ ?
र उनी कोसँग सहज महसुस गर्छिन् । फ्यानी ब्लूम अहिले स्पेनको टोरेलानो सहरमा बस्दै आएकी छिन् । उनले बोलाएपछि फ्यानीको नक्कली जन्मदिनको पार्टीमा भाग लिन सबै केटाहरु आएका थिए ।
कतिपयले फ्यानीका लागि उपहार पनि ल्याएका थिए । कसैले अरु नै विशेष तयारी गरेका थिए ।
फ्यानीको जन्मदिन विशेष बनाउन उनीहरुले फूलको गुच्छा दिए । फ्यानीले सबै मानिसहरूलाई अन्य मानिसहरू आफ्नो टिन्डर केटाहरू भएको कुरा बताइनन् ।
टिकटकमा फ्यानीका ७० हजारभन्दा बढी फलोअर्स छन् । टिकटकमा मानिसहरूको प्रतिक्रिया देखेपछि आफूले अर्कै तरिकाले डेटमा जाने योजना बनाएको फ्यानीले बताइन् ।
फ्यानीले आफ्नो वास्तविक जन्मदिन पनि चाँडै आउँदै गरेको उल्लेख गरिन् । जसकारण उनले आफ्नो नक्कली जन्मदिनमा सबैलाई निम्तो दिने निर्णय गरेकी हुन् ।
उक्त पार्टीबाट फ्यानीले आफ्नो आगामी वास्तविक जन्मदिनको लागि पैसा बचत गरेकी छिन् । तर, फ्यानीका लागि यो गर्न सजिलो थिएन् । उनले हरेक टिन्डर डेटको साथमा नाम सम्झनु निकै गाह्रो काम भएको बताए ।
बाथरुम जाने बहानामा एक एक गरी सबैलाई भेट्ने गरेको उनले बताइन् । फ्यानीको यस तरिकाले, कसैलाई पनि फ्यानीको वास्तविक सोचको कल्पना थिएन ।