बर्दिबास : केही महिना अगाडि मलेसियामा कोरोना पोजिटिभको कारण मृत्यु भएको महेश्वर प्रसाद नेपालीको परिवारलाई आइतबार हेल्प मधेसी मलेसियाको जोहरबारु दलानले १६ हजार १ सय ६० रुपैया सहयोग गरेको छ ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका -९, पशुपतिनगर स्थित राम अशिष महतोको छोरा महेश्वर प्रसाद महतोको रोजगारको शिलशिलामा मलेसिया स्थित केड्डा राज्य स्थित Cocon Food Industries Sdn Bhd मा मृत्यु भएको थियो ।
९ मार्च २०२२ बुधबारको दिन मृत्यु भएको थियो त्यसपछि उस्को सानो भाइले हेल्प मधेसी मलेशियाको वरिष्ठ उपाध्यक्ष साथै युवा समाजसेवी सुरेन्द्र महतोलाई सम्पर्क गरि पार्थिब शरीर नेपाल झिकाई दिन साथै आवस्यक सहयोग गरि दिनु हुन अनुरोध गरे तत्पश्चात सुरेन्द्र महतोले उस्को कम्पनी र नेपाली एम्बेस्सी सङ्ग सम्पर्क गरि यथार्थ कुरा बुझ्दा मेडिकल रिपोर्ट अनुसार उस्को कोरोना पोजिटिभ भएको कारणले उस्को पार्थिब शरीरलाई नेपाल पठाउन नमिल्ने भएको हुदा नेपाली राजदुतावासको सहयोगमा र यहाको स्थानीय निकाय सङ्ग पहल गरि मलेशियामै २५ मार्चको दिन शबलाई अन्त्यष्टी गरेको थियो ।
उस्को परिवारमा एउटा सानो भाइ, बिरामी आमा, पारालाईसिस भएको वृद्ध बुवा छन र घरको अवस्था निक्कै नै गम्भीर भएकोले उक्त मृत्यक परिवारलाई सुरेन्द्र महतोले सहयोग लागि पहल गर्नु भयो जस अनुरुप हेल्प मधेसी मलेसिया जोहर दलान द्वारा सहयोग गरिएको छ ।
उक्त राहत वितरण कार्यक्रममा स्थानीय ब्रहमदेब महतो , बच्चु महतो , राम प्रकाश महतो , राम प्रसाद यादव , त्यसै गरि समाजसेवी युवा मनोज महतो , हेल्प मधेसी नेपाल को सदस्य राजबिर महतो लगायतका उपस्थितिमा हेल्प मधेसी मलेसिया को भु.पु महासचिव अमरेश कु. यादबले सहयोग रकम हस्तारण गरेको जोहर दलानको कोषाध्यक्ष दिपेन्द्र महतोले बताए ।