काठमाडौं : आन्दोलनरत पक्ष र सरकारबीच भएको सहमति अनुसार, आजबाट काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ।

गएराति आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएको छ। सहमतिसँगै आजबाट उपत्यकाको फोहोर उठ्ने भएको हो।

सम्झौतामा शहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने सहमति गरिएको छ।

त्यस्तै, महानगरका तर्फबाट स्वास्थ्य बीमा गरिदिने, पूर्वाधार विकास रकम दिने, फोहोरको गन्ध हटाइदिने, माटोले फोहोर छोप्ने, फोहोरको स्रोत नै वर्गीकरण गराउने सहमति भएको छ।

ककनी गाउँपालिका र धुनिबेँशी नगरपालिकाले पनि फोहोर ब्यवस्थापनमा सहयोग गर्ने सहमति जनाएका छन्।

सहमतिमा शहरी विकास मन्त्रालयका तर्फबाट आयोजना निर्देशक रविन्द्र बोहोरा, काठमाडौं महानगरका तर्फबाट प्रमुख प्रशाकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेँशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतहरुले हस्ताक्षर गरेका छन्।

 

२०७९ जेष्ठ २४, मंगलवार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय