काठमाडौं : रोकिराखेको ट्रकमा ठक्कर दिँदा चितवन रत्ननगरमा स्कार्पियोमा सवार ५ जना घाइते भएका छन्।

बिहीवार बिहान सवा चार बजे बिग्रेर रोकिएको ना ६ ख ५७१९ नं. को ट्रकलाई बाराबाट काठमाडौं जादै गरेको बिआर ०५ पिए ९९७४ नम्बरको स्कार्पियोले ठक्कर दिएको चितवन प्रहरीले जनायो।

ट्रकमा ठोक्किँदा स्कार्पियो चालक बारा कलैया – १ का ४२ वर्षे राजिवप्रसाद कुर्मी, सोही ठाउँका ६० वर्षे रामबाबु साह, ६१ वर्षे महमद बाबु खान, ४० वर्षीया सिलादेवी साह र बारा महागढीमाई – १० का अन्दाजी ३२ वर्षे रामजीप्रसाद साह घाइते भएका छन्।

घाइतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको र दुबै सवारी साधन ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनायो।

२०७९ जेष्ठ २६, बिहीबार ०९:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय