काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालसँग भेट गरेका छन्।

मेयर शाहको कदममा सकारात्मक आलोचना तथा फोहोर व्यवस्थापनमा समेत एकल सक्रियता देखाएका रिजाललाई बालेनले शनिबार उनको निवास बालाजु पुगेर भेट गरेका हुन्।

वडाध्यक्ष रिजाल सामाजिक सञ्जालमा पनि विभिन्न भिडियोका कारण चर्चामा छन्। उनले महानगरको पहिलो कार्यपालिका बैठकमा मेयर शाहलाई प्रक्रिया सिकेर आउन भनेका थिए। सामाजिक सञ्जालमा चर्चामा रहेका रिजाललाई भेटेर मेयर शाहले आफूले मिलेरै काम गर्न खोजेको सन्देश दिएका छन्। साथ दिन आग्रह गरेका छन्।

वडाध्यक्ष रिजालले पनि मेयर शाहलाई स्वागत गर्दै मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। रिजालकाअनुसार मेयर शाह उनको निवासमा करिब २ घण्टा बसेका थिए। फोहोर व्यवस्थापनलगायत समग्र काठमाडौंको विकास, बजेट योजनाहरुको विषयमा छलफल भएको रिजालले बताए।

२०७९ जेष्ठ २८, शनिबार १८:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय