धनवीर महतो

बर्दिवास: महोत्तरी चेम्बर अफ कर्मशले नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको छ । शनिवार वर्दिवासस्थित होटेल नाव्यामा आयोजित एक समारोहकाबीच जिल्लाका १५ पालिकाका नगरप्रमुख र उपप्रमुखलाई आमन्त्रण गरि सम्मान गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउतले नवनिर्वाचित जनप्रतिनिधीलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो । सुधिर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

स्पष्ट निती र योजनाकै कारण मुलुक समृद्धितर्फ लम्कन नसकेको मुख्यमन्त्री राउत

सरकारीपक्षको स्पष्ट निती र योजनाकै कारण मुलुक समृद्धितर्फ लम्कन नसकेको मधेश प्रदेशका मुख्यमन्त्री मो लालवावु राउतले बताएका छन् ।

पछिल्लो समयमा आएर स्वदेशमा आवश्यक स्रोत साधनलाई उपयोग गरेर स्वरोजगारीको वातावरण निर्माणका लागि तिनैतहका सरकार असफल भएको मुख्यमन्त्री राउतले स्पष्ट पारे । राउतले भने, ‘आर्थिक उन्नतीको सवालमा सरकारलाई स्पष्ट निती र साधन, स्रोतको व्यवस्थापन गर्नुपथ्र्यो तर त्यसो हुन सकेन । जसको कारण स्वदेशका हजारौ युवाहरु वर्सेनी विदेशिनुपर्ने वाध्य छन् । अब सरकारले ती युवा केन्द्रित कार्यक्रम ल्याएर स्वदेशमा रोजगारीको प्रबन्धका निम्ति सरकारलाई कदम उठाउनु आवश्यक रहेको छ ।’

मधेश प्रदेश सरकारले पछिल्लो समयमा निर्माण गरेको ऐन र निती संघिय सरकारकै कारण कार्यन्वयन हुन नसकेको राउतले आरोप लगाएका छन् । स्थानियस्तरमा उत्पादित वस्तुलाई प्रवद्र्धन गर्नका निम्ति सरोकरवालापक्षको भुमिका आवश्यक रहेको नेपाल चेम्बर अफ कर्मशका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । अध्यक्ष श्रेष्ठले कृषिमा आधारित रहेको मधेश प्रदेशको योजना र वजेट पनि कृषिमैत्री ल्याउनका लागि मुख्यमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

सोहीवीच वर्दिवास नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरका युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएर विदेशिनुबाट रोक्नका निम्ति आफनो योजना सुनाएका छन् ।

खासगरि कुृषिमा आधारित वजेट ल्याएर युवा केन्द्रित कामकाजहरु यसबर्ष नगरभरिमा गरिने नगरप्रमुख क्षेत्रीले उदघोष गरेका हुन । नगरप्रमुख क्षेत्रीले वर्दिवासका विकासका निम्ति प्रदेश सरकारको भुमिका अनिवार्य भएकोले सकारात्मक भुमिका निर्वाह गरिदिनका लागि मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका हुन ।

समाजलाई समाजिकस्तरबाट सुरक्षा प्रदान गरेर समाज रुपान्तरित भुमिकाको बारेमा आफुहरु अध्ययन गरि अगामी कदम उठाईने गौशाला नगरपालिकाका प्रमुख डा दिपेन्द्र महतोले बताए ।

समाजमा सुशासन कायम राख्नका निम्ति नगर सरकारलाई यसतर्फ समयमै ध्यान दिनु आवश्यक रहेको नगरप्रमुख महतोले जोड दिएका छन् ।

२०७९ जेष्ठ २९, आईतवार ०९:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय