
काठमाडौं : भारतमा पारिवारीक अवस्थाका बारेमा निक्कै गहिरो अध्ययन गरिएको छ ।
अध्ययनको नतिजामा भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको देखिएको छ ।
१० प्रतिशत समुदाय महिला प्रधान भइसकेको यो अध्ययनको निश्कर्ष छ । भारतमा प्रत्येक दशमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले देखाएको हो ।
नेशनल फेमिली हेल्थ सर्भेका अनुसार १८ देखि ४९ वर्ष उमेर समूहकी महिलामध्ये १० प्रतिशतले आफ्नो श्रीमानलाई कहिले न कहिल्यै पिटेका छन् ।
त्यो पनि उनका श्रीमानले कुनै पनि प्रकारको हिंसा नगरेको अवस्थामै त्यसरी पिट्ने गरेको अध्ययनले जनाएको छ । यसरी दश प्रतिशत महिलाले बिना कारण नै आफ्नो श्रीमानलाई पिट्ने गरेका छन् ।
अध्ययनको लागि गरिएको त्यस सर्भेमा ११ प्रतिशत महिलाले विगत एक वर्षमा आफ्नो श्रीमानलाई पिटेको बताएका थिए । सर्भेका अनुसार उमेर बढेसँगै श्रीमासँग हिंसा गर्ने श्रीमतीको संख्या बढी रहेको बताइएको छ ।
यस्तै अध्ययनबाट प्राप्त तथ्याँकका अनुसार सहरमा भन्दा गाउँमा बस्ने महिलाले आफ्नो श्रीमानसँग बढी हिंसा गर्ने गरेका छन् । सहरी क्षेत्रका ३ दशमलव ३ प्रतिशत र गाउँमा रहने ७ दशमलव ७ प्रतिशतले आफ्नो श्रीमानसँग हिंसा गरेको अध्ययनमा उल्लेख छ । एजेन्सी