
पर्सा: पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट प्रहरीले १ सय १३ गोटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्ला, कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमोनी रहेका छन् । उनीमाथि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले BR05AF0583 नम्बरको डिस्कभर मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलभित्र लुकाइराखेको कुछुवासहित पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।