काठमाडौँ: नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणको शङ्कास्पद बिरामी भेटिएका छन् ।

दुबईबाट आएका २८ वर्षीय पुरुषमा परीक्षण गराउँदा मंकीपक्सको जस्तैलक्षण देखिएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले खबरहबसँगको कुराकानीमा बताए ।

डा. पुनका अनुसार त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले उनको परीक्षण गराउँदा मंकीपक्सको शङ्कास्पद लक्षण देखिएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको हो ।

संक्रमण पुष्टि गर्नको लागि उनको स्वाबको नमुना राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला लागिएको छ ।

२०७९ असार २, बिहीबार १६:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय