सुर्खेत : जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको उक्त जीप वीरेन्द्रनगर नगरपालिका–७ सडक खण्ड कपासेमा दुर्घटना भएको हो ।

जीपमा ५ जना सवार रहेका थिए । जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरीले जनाएको छ । अरु चार जना घाइतेको
कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

बुढाथोकीको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ असार ९, बिहीबार ११:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय