bardibas-2

वर्दिवास: ‘अवको वर्दिवास वर्दिवासको विकाश गरिने अभिलाषा कुराभन्दा काममा विश्वास’ नाराका साथ विहिवार सुरु भएको दशौ बर्दिवास नगर सभा आव ०७९ / ८० को आयव्यय प्रस्तुत गरि सम्पन्न भएको छ ।

त्यसक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रहलाद क्षेत्रीले नगरसभाबाट पारित नीति तथा कार्यक्रम नगरको भाग्य रेखा भएको बताए । उनले यो नगरसरकारले दीगो विकाश गर्ने र विकाशमा सवैको पहुच हुने विश्वाश दिलाए ।

मेयर क्षेत्रीले अवका दिनमा घरघरै विकाश पुऱ्याउने वाचा प्रकट गरे । बजेट विनियोजन र नीति तथा कार्यक्रममा काखापाखा नगरिएको धारणा राख्दै वर्दिवासलाई प्रदेश कै नमुना शहर वनाउन सहयोगका लागि नगरवासी समक्ष आग्रह गरे ।

उनले आगामी आर्थिक वर्ष (०७९/८०) लाई युगान्तकारि वर्षको रुपमा मनाइने अभिलाषा जाहेर गरे । ‘अवको आर्थिक वर्ष सुशाशन र पारदर्षिताको वर्ष हुने छ’ सम्बोधनका क्रममा भन्दै गए ‘सरकारी विधालयमा उत्कृष्ट शिक्षा, सरकारी असपतालमा भरपर्दो सेवा, दुर्व्यसनमुक्त समाज तथा स्वच्छ, सफा र हराभरा वर्दिवासको वर्ष हुने विश्वाश लिएको छु ।’

नगर प्रमुख क्षेत्रीले १० औं नगरसभामा आर्थिक वर्ष ०७९/८० का लागि विभिन्न १३ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपरोक्त नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि संघिय तथा मधेश प्रदेश सरकार, र अन्य सरकारी तथा गैरसरकारी क्षेत्रसंग समन्वय र सहयोगको अपेक्षा गर्दछु क्षेत्रीले भने ।

वर्दिवास नगरपालिका ३ स्थित योग भवनमा विहिवार भएको १० औं नगरपरिषदले १ अर्व १९ करोड १० लाख ७० हजार रुपैयाको अनुमानित वजेट सार्वजनिक गरेको हो । आन्तरिक आयबाट वार्षिक १३ करोड ९७ लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा संघिय सरकारबाट ८२ करोड ३९ लाख ७० हजार तथा मधेश प्रदेश सरकारबाट ३ करोड ७४ लाख आय हुने अनुमानित वजेट नगर उपप्रमुख तारा देवी महतोले प्रस्तुत गरिन ।

यसमा स्थानीय करको योगदान करिव १२ प्रतिसत र गैरकर अनुदानको योगदान करिव ८८ प्रतिसत रहेको छ । नगरपालिकाले कूल विनियोजनमा तलव भत्ता तथा अन्य खर्चका लागि १६ करोड ६५ लाख ५० हजार प्रस्ताव गरेको छ ।

विषयगत क्षेत्रअनुसारको नीति कार्यान्वयनका लागि विकाश खर्चतर्फ ७० करोड २१ लाख ७० हजार विनियोजन गरेको छ । नगर पूर्वाधार विकाश तथा सार्वजनिक निर्माण क्षेत्रमा ११ करोड ११ लाख ९६ हजार विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ३ करोड २० लाख ६४ हजार र शिक्षामा ४ करोड तथा युवा खेलकुद विकाशका लागि ४० लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य बजेट विपन्न तथा महिला स्वास्थ्यप्रति बढी केन्द्रित देखिएको लैगिक समावेशीकरण तथा महिला शसक्तिकरणका लागि विभिन्न उपशिर्षकमा १ करोड १ ४५ लाख विनियोजन गरिएको छ । यसमध्ये वर्दिवासको सामाजिक समस्या बनेको लागु औषध दुर्व्यसन रोकथाम र उनीहरुको उद्धारका लागि सुधारगृह निर्माणमा १५ लाख विनियोजन गरिएको छ ।

उपप्रमुखसंग महिला कार्यक्रम, गर्भवती महिलाका लागि एम्बुलेन्स, हिंसापीडित महिला, विपन्नहरुको उद्धार, सेफ हाउस निर्माण जस्ता कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ ।

नगरमा स्वच्छ खानेपानी आपुर्ति यसमा चुरे संरक्षण तथा प्रकोप र सरसफाई, सिचाई , पर्यटन लगायतकाे क्षेत्रमा समेत बजेट बिनियोजन गरिएको छ।

२०७९ असार १०, शुक्रबार १८:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय