महोत्तरी: नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा उपाध्यक्ष हेमकुमारी बराल (सुनिता) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी समाल्नु भएको छ ।

शाखा अध्यक्ष कमलेश मण्डल गत स्थानीयतह निर्वाचनमा मटिहानी नगरपालिकाको प्रमुखमा चुनाव लड्नु भएपछि रिक्त पदमा महासंघ केन्द्रीय कार्यालयको परिपत्रअनुसार शाखाका उपाध्यक्ष बरालले आज शुक्रबार कार्यवाहक अध्यक्षको पदवहाली गर्नुभएको हो । महासंघ महोत्तरी शाखाको जलेश्वरस्थित कार्यालय भवनमा आयोजित समारोहबीच बरालले पदबहाली गर्नु भएको हो ।

समारोहमा बराललाई महासंघ महोत्तरी शाखाका पूर्वअध्यक्षहरु रामकुमार मण्डल, दशरथ भण्डारी र हरिप्रसाद मण्डलले खादा, अबिर र माला लगाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

महासंघ केन्द्रीय समितिले गत स्थानीयतह निर्वाचनमा उमेद्वारी दिनअघि राजिनामा गरेर जान सबै आफ्ना सदस्यलाई अपिल गरेको थियो । महासंघबाट राजिनामा नगरी चुनावी प्रतिष्पर्धामा गएकाहरुलाई पछि केन्द्रीय समितिले विशेष निणर्य नै गरेर रिक्त पदमा वैकल्पिक व्यवस्था गरेको हो ।

mahasangh_dhanusha_nepalvani (1)

महोत्तरीमा शाखाका निवर्तमान अध्यक्ष मण्डलले पद हस्तान्तरणमा उदासिनता देखाउँदा कार्यवाहक अध्यक्षको पदवहालीमा विलम्ब भएको महासंघ महोत्तरी शाखाका सदस्यहरुको भनाइ छ । कार्यवाहक अध्यक्ष बरालले अब शाखाको आगामी अधिवेशन नहउञ्जेल यो जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।

समारोहमा निवर्तमान अध्यक्ष कमलेश मण्डलभने उपस्थित हुनु भएन । केन्द्रीय कार्यालयले एक महिनाअघि नै सुनिता बराललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपनि निवर्तमान अध्यक्ष मण्डलले संस्थागत कुनै सामग्री वरबुझारथ गर्ने मनसायन देखाउनु भएको सदस्यहरुको गुनासो छ ।

पदबहाली समारोहमा बिभिन्न सरकारी कार्यालयका प्रमुख, सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र जिल्लाभरिका सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

mahasangh_dhanusha_nepalvani (1)

२०७९ असार १७, शुक्रबार २०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय