काठमाडौं : एउटी बालिकालाई आफ्नै बाबुले १२ वर्षसम्म ब’ला’त्कार गरे । युवतीले आफूमाथि भएको यो जघन्य घटनाबारे अन्तर्वार्तामा विस्तृत चर्चा गरेकी छिन् । पीडित अन्य महिलालाई पनि हौसला मिलोस् भनेर आफूले आफ्नो भोगाइ बताएको युवती बताउँछिन् ।

आफ्नो कथा सार्वजनिक गरेपछि धेरैले सम्पर्क गरेको युवतीले बताइन् । युवतीले भनिन्, ‘जब मलाई यो सब भइरहेको थियो, मलाई बुवाले मार्ने हो कि जस्तो लाग्थ्यो ।’ यी २१ वर्षीया युवतीको नाम आइचा दोनिया हो । उनी एक विद्यार्थी हुन् र आफ्नो पार्टनर र ६ महिनाको बच्चासँग डब्लिन (आयरल्याण्ड) मा बस्छिन्।

डेलीस्टारको रिपोर्ट अनुसार बालिकाका बुबालाई २०१५ मा १५ वर्षको जेल सजाय भएको थियो। अनुसन्धानमा यी बाबुले सन् २००६ को जनवरीदेखि डिसेम्बर २०१७ सम्म बलात्कार गरेको खुलेको छ ।

डेलीस्टारसँग कुरा गर्दै आइशाले आफूमाथि ३ देखि ४ वर्षको उमेरमा पहिलो पटक यौ’न दुर्व्य’वहार भएको बताइन् । आइशाका बुबा पक्रा’उ परेदेखि उनीसँग कहिल्यै सम्पर्क राखेनन् ।

आइशाले अन्तर्वार्तामा आफ्ना बुवाले वर्षैपिच्छे आफूमाथि निर्दयता देखाएको कुरा पनि बताइन् । उनले भनिन्, बाबुले सजाय पाए पनि त्यसपछि आफ्नो जीवन नै बर्बाद भएको महसुस भयो । उनले आफ्नो बुबाले नछोएको शरीर होस् भन्ने चाहन्थिन्।

आइशाले बुबाले सजाय पाएको धेरै वर्ष भइसकेको बताइन् । तर आज पनि आफू पुग्नु पर्ने ठाउँमा पुग्न नसकेको महसुस गर्छिन् ।


२०७९ असार १९, आईतवार ००:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय