काठमाडौँ : विवेकशील साझा पार्टी छाडेकी रञ्जु दर्शनाले आउँदो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफू चुनाव लड्ने कुरा आधिकारिक रूपमा जानकारी गराएकी हुन् ।

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ’, शनिबार राति उनले फेसबुकमा लेखेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’

उनले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनेहरूलाई फर्म भर्न अनुरोध गर्दै एउटा लिंक पनि उपलब्ध गराएकी छन् ।

२०७९ असार १९, आईतवार ०९:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय