
राजविराज: मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेश सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा रहेको २५० भन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरको सौन्दर्यकरण, उचित व्यवस्थापन तथा विश्व सम्पदा सुचीमा सुचिकृत गर्न आयोगले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेश प्रदेशको ग्रामीण जिल्लाहरुको अनुगमनको क्रममा रह्नुभएका अध्यक्ष दत्तले आज बलान बिहुल गा.पा को मौवाहा गाउँमा मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारी सहित स्थानीय वासिन्दाहरुको भेलामा मन्दिरलाई आवश्यक सहयोग, व्यवस्थापन तथा सौन्दर्यकरण गर्न आयोगले नै मुख्य भूमिका खेल्ने बताउनुभयो । सो मन्दिरको व्यवस्थापनको लागि आफुले एक चरणको काम गरिसकेको र बाकी काम आयोगले यथाशीघ्र गर्ने बताउनुभयो । सो छलफलमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको पनि उपस्थिति रहेको थियो ।
अध्यक्ष डा.विजयकुमार दत्तको मधेश प्रदेशको विभिन्न ग्रामीण भेगहरु पुगेर स्थानीय वासिन्दाहरु सङ भेट गरी समस्याको जानकारी लिने कार्यक्रम रहेको तथा स्थानीय जनप्रतिनिधिहरुलाई देखा परिएका समस्याहरुलाई तुरुन्त प्रभावकारी ढंगले समाधान गर्न छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।