काठमाडौं : केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति भएको छ ।

स्कुलको क्यान्टिनमा काम गर्ने रमा, शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै परिवार तथा आफन्तले आइतबार विहानदेखि स्कुल परिसरमा प्रदर्शन समेत गरेका थिए ।

आइतबार भएको वार्तामा ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउने र त्यसअनुसार कारबाही गर्ने सहमति भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार अहिले मुचुल्का उठाउने उठाउने लगायतका कानुनी प्रक्रिया सुरु भएको छ ।

यो पनि पढ्नुहोस् !

केएमसी स्कुलकी महिला कर्मचारी मृत फेला : आफन्तले शव बुझ्न मानेनन्

२०७९ असार २०, सोमबार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय