काठमाडौं : रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जिल्लाको बेथानबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिकामा–५ खाँडादेवीमा सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले दुर्घटनामा परी २१ जना घाइते भएको जानकारी दिएका छन् । तीमध्य तीन चारजना गम्भीर घाइते भएको प्रहरी निरीक्षक ढकालले काठमाडौं प्रेसलाई जानकारी दिए ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पुर्याएको छ । गम्भीर घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार गरिने भनिएपनि अहिलेसम्म हेलिकोप्टर नआइपुगेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।

बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरी निरीक्षक ढकालका अनुसार बस दुर्घटनामा परेपछि चालक फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ।

दुर्घटनास्थलमा शव संकलन र घाइतेको उद्धार भइरहेको बताइएको छ ।

२०७९ असार २१, मंगलवार ११:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय