काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसंग महोत्तरीको मटिहानी नगरपालिका मेयर हरिप्रसाद भण्डलले भेटघाट गरेका छन् ।
राष्ट्रपतिसंग मेयर मण्डलले काठमाडौंस्थित राष्ट्रपति भवन शितल निवासमा भेटघाट गरेका हुन् ।
भेटघाटमा मटिहानी स्थित श्री लक्ष्मीनारायण मन्दिर, लक्ष्मी सागर (पोखरी) र नेपालकै सब भन्दा पुरानो राजकिय संस्कृत मा.वि. र त्यहाँ भइरहेको विकास बारे राष्ट्रपतिले जानकारी लिएकी थिइन् ।
मंसिरमा राष्ट्रपति भण्डारी मटिहानी भ्रमणमा गएकी थिइन् ।