
जनकपुरधाम : धनुषाबाट श्रोत खुल्न नसकेको रु ८३ लाखभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज.७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रु ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।
उक्त रकमसहित जनकनन्दिनी गाउँपालिका ५ बस्ने ३६ बर्षीय इश्वर मण्डल र सोही ठाउँका १९ बर्षीय राजेश मण्डल छन् ।
पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए ।