
सर्लाही : सडक जनसम्पर्कको मार्ग हो । स्वथ्य बाटोले ७० प्रतिशत विकास गाडीमा बोकेर ल्याउँछ । सरर गाडी कुद्ने डगर जहाँ छ त्यहाँ विकासको पूर्वधार पनि युद्धस्तरमा ठहरिन्छ । यो मर्मलाई बुझेका छन् सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले । उनले गाउँपालिका भित्रका विरामी सडकलाई उपचार गर्न सुरु गरेका छन् ।
गाउँपालिका भित्रका सात वटा छन् । बस्ती बस्तीलाई जोड्ने बाटाघाटालाई मर्मतसम्भार थालिएको छ । बर्खा लागेपछि गाउँका सडकमा खुट्टा टेक्ने ठाउँ हुदैंन । हो त्यस्ता ठाउँमा अब सजिलै गाडी गुड्ने गाउँपालिका अध्यक्ष महतोको दावी छ । उनी भन्छन्, ‘सडकको खाल्डो र पानी जम्ने अवस्थामा सुधार ल्याई जनता जनार्दनको जीवन यापन सहज बनाउन मर्मत सम्भारको काम थालेका छौं ।’
गाउँपालिकाको वडा नम्बर १ बाट सडक मर्मतको कार्य शुरु गरिको छ । सात दिनभित्र सबै वडाका अस्वथ सडकलाई मर्मत सम्भार गरेर तन्दुरुत बनाइने लक्ष्य राखिएको छ । कामको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न गाउँपालिका अध्यक्षले मर्मतसम्भारमा खटिएकालाई निर्देशन दिएका छन् ।
सरोकारवाला र सम्बन्धित स्थानको नागरिकलाई गुणस्तरीय काम गर्न गराउन सहयोगी भुमिका खेल्न समेत गाउँपालिका अध्यक्षले अपिल गरेका छन् ।