काठमाडौं : नेपाल प्रहरीले युट्युब च्यानलमा अ’श्ली’ल सामग्री प्रसारण गर्ने एकजनालाई प’क्रा’उ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अ’श्ली’ल शीर्षक राखी समाजमा अ’श्लील’ता फैलाउने काममा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ लामालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

२०७९ असार २१, मंगलवार ००:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय