काठमाडौं : विश्वबजारमा अमेरिकी डलर मजबुत भएपछि नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रवक्ता मनोज कुमार साहका अनुसार मंगलबार प्रति तोला ९७ हजार ६ सयमा छापावाला सुनको कारोवार भएकोमा बुधबार १ हजार ६ सयले घटेर ९६ हजारमा झरेको छ।

बुधबार अमेरिकी डलर २० वर्ष यताकै मजबुत स्थितमा पुगेको छ। अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि भएसँगै सुनको बजार मूल्य खस्किएको प्रवक्ता साहले बताए। अमेरिकी डलरको विनिमय दर वृद्धिले लगानीकर्ताहरु डलरतर्फ आकर्षित भएका छन्।

त्यसको चाप सुन बजारमा पर्न थालेपछि सुनको मूल्यमा एक्कासी कमी आएको प्रवक्ता साहले उल्लेख गरे।

२०७९ असार २२, बुधबार २०:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय