जनकपुरधाम : सुबिसु केवलनेटको सम्मान कार्यक्रम बुधबार सम्पन भएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका , सहिदनगर नगरपालिका र कमला नगरपालिका भएको सम्मान कार्यक्रममा सुबिसु केबलनेटका धनुषाका म्यानेजर शम्भु नाथ झा तथा बिजनेस म्यानेजर सन्जय प्रताप सिंह तथा बिदेह आउट्लेट का प्रमुख राम लाल दासको उपस्थिति रहेको थियो ।

नव निर्वाचित कमला नगरपालिकाका नगर प्रमुख बिसेसर यादव, जनकनन्दनी गाउँपालिकाको अध्यक्ष दिपिन देब यादव तथा सहिद नगरपालिका नगर प्रमुख दिनेश प्रसाद यादबलाई सम्मान गरेका थिए ।

धनुषाको पुर्बि ग्रामीण क्षेत्रहरुमा द्रुत गतिको ईन्टरनेट सेबा दिदै आएको छ । सुबिसु केवलनेट यस प्रदेशलाई नै डिजिटल प्रदेश बनाउन अहम भुमिका निर्बाह गरेको छ ।

२०७९ असार ३०, बिहीबार ०७:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय