काठमाडौँ : साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् ।

उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दैछन् ।


२०७९ श्रावण ६, शुक्रबार १३:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय