
जनकपुरधाम : मिथिला चित्रकला समूहद्वारा मेहन्दी विशेष कार्यक्रमको पहिलो क्याम्पियन सम्पन गरिएको छ।
श्रावण महिनाको उपलक्छममा जनकपुरधाममा वार्ड नं २ मा रहेको प्रसिद्ध शिव मन्दिरमा “Go through nature” मिथिला चित्रकलाका समूह द्वारा श्रावण विशेष पहिलो (मेहन्दी) पहिलो क्याम्पियन सम्पन गरिएको छ। यसका आयोजक जनकपुर आर्ट एण्ड क्राफ्ट रहेको छ ।
मेहन्दी भनेको सकारात्मक आत्मा र शुभकामना संग सम्बन्धित रहेको छ। मेहन्दी लगाउनुको मुख्य महत्व भनेको यसको प्राकृतिक औषधीय जडिबुटी उपचारको प्रयोग गर्नु, शरीरलाई चिसो पार्नु र कुनै पनि तनावबाट मुक्त गर्नु हो।