lalan_mandal_nepalvani_surendra_singh_captured_bardibas

महोत्तरी : महोत्तरीका पत्रकार ललन मण्डललाई दुर्व्यवहार गरी कुटपिट गरिएको छ ।

न्यूज २४ महोत्तरीका  समाचारदाता तथा बर्दिवास नगर पत्रकार संजालका अध्यक्ष ललन मण्डलमाथि  सोमबार गौशाला बजारमा केहि व्यक्तिहरुले निर्घात कुटपिट गरेको छ ।

स्थानीय दुई पक्ष बीच लेनदेनको विषयमा भएको विवादको  रिपोर्टिंग गर्न पुगेका पत्रकार मण्डल र उनको सहयोगी अन्जित चौधरीमाथि  सर्लाहीको ब्रहमपुरी गाउँपालिका घर भई हाल भारतका सोनबर्शा बस्दै आएका मिटर ब्याजी  संजय रौनियार र उनका सहयोगी अशोक यादव र  गौशाला नगरपालिका बस्ने राम विश्वास यादव (बिष) लगायत व्यक्तिहरुले कुटपिट गरेका छन् ।

पत्रकार मण्डलले आफू माथि भएको कुटपिट गर्ने विरुद्ध  इलाका प्रहरी कार्यालयमा गौशालामा उजुरी दर्ता  गराएका छन् ।

इलाका प्रहरी कार्यालय गौशलाका सइ त्रिभुवन साहले आरोपित मध्ये संजय रौनियारलाई BR06 ER 1723 नम्बरको भारतिय सकारपिओ गाडी सहित साउन ९ गते साँझ नै नियन्त्रण लिएको र अन्य दोषी फरार रहेकोले खोजतलास भइरहेको बताए ।

यसैबीच पत्रकार सम्बद्ध संघसंस्थाहरुले घटनामा संलग्न दोषीलाई अबिलम्ब पक्राउ गरि कानुनी कार्वाहीको माग गरेका छन् ।

२०७९ श्रावण १०, मंगलवार १०:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय