File Photo / Nepalvani

जनकपुरधाम : मनसुनी वायुको प्रभावले आज मधेश प्रदेशसहित देशभर वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।

अहिले प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ श्रावण ११, बुधबार ०९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय