जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १ निवासी शर्मिला यादवको साथबाट दिउँसै २ लाख रुपैयाँ लुटने दुइ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका धनुषाको लक्ष्मिनियाँ गाउँपलिका ७ बस्ने २७ बर्षीय जितेन्द्र प्रसाद साह र २१ बर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले अनुसन्धान गर्दा साह र मण्डलले नै शर्मिलाको रु २ लाखसहित उनको मोवाइल, नागरिकता र कागजात भएको झोला लुटेर लगेको देखिएको जानकारी दिए ।

उनका अनुसार साह प्रदेश २–०२–००५प००८५ नम्बरको मोटरसाइकल चलाइरहँदा पछाडि बसेका मण्डलले शर्मिलाको हातबाट झोला लुटेका थिए । पछि दुबै जनाले रकम बाँडफाँड गरेको देखिएको प्रहरीले जनाएको छ ।

pakrau1

प्रहरीका अनुसार अनुसन्धानका क्रममा साहको घरबाट शर्मिलाको लुटिएको मोवाइल र नगद रु ५४ हजार तथा मण्डलको घरबाट लुटिएकोमध्ये ७८ हजार रुपैयाँ समेत बरामद भएको छ ।

गत सोमबार साउदीमा रहेका श्रीमान् देबशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा शर्मिलाको रकम लुटिएको थियो ।

pakrau1

२०७९ श्रावण १२, बिहीबार १३:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय