काठमाडौं : एक महिलाले आफ्नो साथीसँग मिलेर आफूले कैयौं वर्षदेखि काम गरिरहेको बैंक नै लुटिन् । उनले बैंकबाट करिब १ अर्ब १४ करोड रुपैयाँ चोरेर पैसा राख्ने सेफमा कागजका टुक्रा भरिदिइन् । यो घटनापछि महिला निजी जेटमा विदेश भागेकी थिइन् । तर, घटनाको चार वर्षपछि अभियुक्त महिलालाई स्वदेश फर्काइएको छ । मुद्दा रुसको हो ।

‘डेली स्टार’को रिपोर्टका अनुसार इनेसा ब्रान्डनबर्गले बैंकमा मात्र काम गरेकी थिइनन्, उनी सो बैंककी मालिक पनि थिइन् । उनका साझेदार पनि सोही बैंकको सञ्चालक समितिमा थिए । अर्थात् दुवै बैंकका उच्च अधिकारी भएकोले सुरुमा कसैले शंका गरेनन् ।

सन् २०१८ मा इनेसाले ट्युमेनमा रहेको साइबेरियन बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्टको भल्टबाट करिब ५६१ मिलियन रूबल चोरेकी थिइन् । जब उनको हातको सफाइको पर्दाफास भयो, उनी निजी जेटबाट देश छाडेकी थिइन्। तर, चार वर्षपछि स्पेनबाट पक्राउ परेपछि उनलाई फेरि रुसमा ट्रायलका लागि ल्याइएको छ ।

बैंकका क्लर्कले भल्टमा पैसाको सट्टा कागजका टुक्रा भरेको देखेपछि लुटपाटको यो घटना बाहिर आएको हो । प्रहरीको अनुसन्धानपछि ईनेसाले कागज साटेर पैसा झोलामा भरेर भागेको पाइएको थियो । विगत चार वर्षदेखि उनको खोजी भइरहेको थियो ।

यस डकैतीमा इनेसा एक्लै थिइनन्। यसमा उनीसँगै सोही बैंकका सह-मालिक तथा बोर्ड अध्यक्ष रोम्याता पनि संलग्न थिए । यस प्रकरणमा यसअघि नै तीन जनालाई पक्राउ गरी जेल चलान गरिएको छ । घटनाको चार वर्षपछि इनेसालाई अहिले ट्रायलका लागि रुसमा ल्याइएको छ । उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

रोम्यातालाई अपराधको मुख्य योजनाकार भनिएको छ । उनले नगद पहुँच गर्न बैंकको सञ्चालक समितिको उपाध्यक्षमा इनेसालाई नियुक्त गरेको आरोप छ । क्यासमा पहुँच प्राप्त गर्न इनेसाले आफ्नो आधिकारिक स्थितिको फाइदा पनि उठाइन्।


२०७९ श्रावण १६, सोमबार १६:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय