
काठमाडौं: नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ।
उडान भरेको केही बेरमै इन्जिनमा समस्या देखिएपछि श्रीको जहाज अवरतरण गरिएको हो।
बिहान ९ बजेर ४९ मिनेटमा उडेको उक्त विमानमा ७९ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए। जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि विमानलाई नेपालगञ्जनै फर्काइएको हो।
जहाजका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ। विमानको प्राविधिकपक्षबारे जाँच भइरहेको छ।