
महोत्तरी : महोत्तरीको संसदीय क्षेत्र नम्बर एकमा नेपाल बुद्धिजीवी परिषदले क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।
आज बिहीबार बर्दिबासमा सम्पन्न परिषदको क्षेत्रीय अधिवेशनले कविराज थापाको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको परिषद महोत्तरीले जनाएको हो ।
नवगठित समितिमा पुरुष्वत्तम खड्कालाई उपाध्यक्ष, उषा ढकाललाई सचिब र सीताकुमारी महतोलाई कोषाध्यक्षको जिममेवारी दिइएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य सरोज यादवले उद्घाटन गर्नुभएको अधिवेशनमा बिभिन्न क्षेत्रका अगुवा प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशन सत्र परिषदका जिल्ला अध्यक्ष अधिवक्ता उद्धव क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।