काठमाडौं : न्याय माग्दै सिंहदरबार पुगेकी निहारिका राजपुत ‘कुमारी आमा’ लाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। आफूले न्याय नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई ‘निषेधित क्षेत्रमा अनशन विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै प्रहरीले पक्राउ गरेको हो।

उनले यसअघि न्याय मागगर्दै वसन्तपुरमा अनसन बसेकी थिइन् ।

सरकारसँग ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि फेरि अनशनका लागि सडकमा आउनु परेको उनले बताएकी छिन् ।

आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।

काठमाडौं । न्याय माग्दै सिंहदरबार पुगेकी निहारिका राजपुत ‘कुमारी आमा’ लाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। आफूले न्याय नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई ‘निषेधित क्षेत्रमा अनशन विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै प्रहरीले पक्राउ गरेको हो। उनले यसअघि न्याय मागगर्दै वसन्तपुरमा अनसन बसेकी थिइन् । सरकारसँग ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि फेरि अनशनका लागि सडकमा आउनु परेको उनले बताएकी छिन् । आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।

२०७९ श्रावण २०, शुक्रबार १७:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय