जनकपुरधाम : निर्वाचन अगावै प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न माग गर्दै मधेस प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

आईतबार, मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा ७ दिन भित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी उल्लेख रहेको छ ।

मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा र प्रदेशसभा सदस्यहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाईएको हो ।

मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।

२०७९ श्रावण २२, आईतवार २०:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय