बर्दिबास : नेपाल रेडक्रस सोसाइटी महोत्तरीको बर्दिबास उपशाखाको नयाँ नेतृत्व निर्वाचित भएको छ । उपशाखाको आज शुक्रबार सम्पन्न सातौं साधारणसभाले रेवन्त कार्की ‘सुदीप’ को सभापतित्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

साधारणसभाबाट उषा ढकाल, टिकाबहादुर बस्नेत, देवकुमारी पौडेल , नवराज तिमल्सिना र भूवन खड्का क्रमशः उपसभापति, सचिब, सहसचिब, कोषाध्यक्ष र सहकोषाध्यक्ष सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अवधेश ठाकुरले घोषणा गर्नुभयो ।

त्यसैगरी नीलकुमार लुम्रे, किशोर भट्टराई, राजकरण महतो, दानबहादुर थापा र सम्झना गौतम कार्यसमिति सदस्य निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा निवर्तमान सभापति मुकुन्दप्रसाद पौडेल, रक्तसञ्चार केन्द्रका संयोजक सुमन भुजेल र रेडक्रस महोत्तरी शाखामा बर्दिबास शाखाबाट प्रतिनिधित्व गर्ने ललिता थापा पदेन सदस्य रहनुहुने छ ।

रेडक्रस बर्दिबास उपशाखाले आफ्नै भवनमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ । छैठौं साधारणसभादेखि हालसम्मको करिब तीन वर्षको अवधिमा पाँच हजार पिन्ट (पोका) रगत यस उपशाखाले उपचार कार्यमा प्रदान गरेको छ । उपशाखाबाट सञ्चालित रक्तसञ्चार केन्द्रले महोत्तरी, धनुषा र सर्लाही जिल्लाका अस्पतालले उपचारमा माग गरेको रगत बिरामी वा निजका आफन्तमार्फत उपलब्ध गराउँदै आएको छ ।

एपशाखामा हाल एक जना श्रेयस्कर र १६७ जना आजिवन सदस्य छन् । सातौ साधारणसभा उपशाखाका निवर्तमान सभापति मुकुन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

bardibas_nepalvani (3)

२०७९ श्रावण २७, शुक्रबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय