वीरगञ्ज : श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ।

२०७९ श्रावण २८, शनिबार १०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय