
संजय सहनी,
रौतहट : मधेस प्रदेशको अर्थ मन्त्री शैलेन्द्र साहले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न संघीय संसद्बाट पारित विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा पठाइनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नु भएका छन् ।
आइतबार सन्चार कर्मी सङ्ग कुरा गर्दै मन्त्री साहले सो कुरा बताएका हुन।
राष्ट्रपतिसँग संघीय संसद्बाट पारित कुनै पनि विधेयक पहिलोपटक निश्चित अवधिभित्र प्रतिनिधिसभामा पुनर्विचारका लागि पठाउन सकिने संवैधानिक अधिकार भए पनि देशको अभिभाकत्व निर्वाह गर्ने यो संस्थाको पछिल्लो निर्णय सार्वभौम संसद्को भावना, मर्म र बुझाइ विपरीत भएको मन्त्री साहको आरोप रहेको छ।
जसपा नेता समेत रहनु भएका मन्त्री साहले रास्ट्रपति जस्तो ब्यक्तीले यस्तो अपरिपक्क कदम चाल्नु सोभनिय नभएको बताएका हुन ।
यसले कथित र प्रतिशोधात्मक एवम् संकीर्ण राष्ट्रवादका नाममा प्रतिपक्षी दल एमालेको मताधार बढाउने कुत्सित प्रयत्न भएको उहाँको भनाई छ ।
मन्त्री साहले भने -” म स्मरण गराउन चाहन्छु, विगतमा एमाले सत्तारुढ हुँदा ल्याएको अध्यादेशमा समेत अहिले संसद्बाट पारित भएकै प्रावधान समेटिएका थिए, जसलाई राष्ट्रपतिबाट जारी गरिएको थियो । अर्थात् यो पुनर्विचारसम्बन्धी राष्ट्रपतिको निर्णय दलीय आग्रहबाट प्रेरित भएको स्पस्ट हुन्छ ।
उहाँले यस कदमले मर्यादित राष्ट्रपति संस्थाको गरिमामा प्रश्नचिह्न खडा भएको बताए ।
मन्त्री साहले थपे -सबै जनताका आस्था र विश्वासको केन्द्र बन्नुपर्ने राष्ट्रपति संस्था एउटा खास दलको रणनीतिक साझेदार बन्नु कसैका हितमा हुँदैन ।
विश्वास गरौं, सार्वभौम सदनले राष्ट्रपतिको पुनर्विचारलाई मनोग्रहलाई अस्वीकार गर्दै छिट्टै विधेयक प्रमाणिकरणकालागि राष्ट्रपति कार्यालय पठाउने विश्वास ब्यक्त गरे।