काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिन आग्रह गरेका छन् ।

सोमबार शाहको नेतृत्वमा पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुलाई कारबाही गरिएको थियो । बानेश्वरबाट सुरु भएको कारबाही अभियान महानगरका सबै क्षेत्रमा पुग्‍ने मेयर शाहले बताए ।

उनले त्यस्ता संरचनाहरुको अनुगमन, खोजी र कारबाही निरन्तर चल्ने जनाएका छन् । अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर महानगरपालिकाले ३५ दिने सूचना निकालेको थियो ।

उनले कारबाहीमा पर्नुभन्दा महानगरप्रतिको जिम्मेवारीले सबैलाई सचेत बनिदिन पनि आग्रह गरेका छन् ।

२०७९ भाद्र ६, सोमबार २०:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय