नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी आफ्नै चुनाव चिह्नमा निर्वाचनमा जाने बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँन्ग कुरा गर्दै अध्यक्ष नेपालले त्यस्ताे बताएका हुन्।

माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भए पनि आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने स्पष्ट पारेका हुन्।

पाँच दलLय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाई छ। उनले माओवादी केन्द्रसँग चुनावअघि एकता सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए।

साेमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीचको भएको भेटमा दुई पार्टीले एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने तयारी गरेको बताइएको छ।

२०७९ भाद्र ७, मंगलवार १२:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय